काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशन आज हुँदैछ ।
अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुने एमालेले जनाएको छ । जसअन्तर्गत बिहान ८ बजेबाट मतदान सुरू हुने जनाइएको छ ।
सोमबार रातिबाट मतदान हुने बताइए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल चुनावी मैदानमा हुनुहुन्छ ।
पाँच पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ। सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसक्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts