रुपन्देही । लुम्बिनी प्रदेशमै पहिलोपटक रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने भएको छ ।
धेरै समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको समस्यबाट हुने भएको यो सेवा लागु गर्न लागीएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनु भयो।
गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ–सिफारिसको प्रयोग तथा प्रारम्भिक प्रस्तुतिको गरिएको छ। गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि स्मार्ट मोबाईल एप्स नामकबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी भएको छ।
सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, वडाका अध्यक्ष वडा सचिव र कर्मचारीलाई प्रारम्भिक तालिम दिएको छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ–सिफारिस सेवाले हाल भैरहेको ढिलासुस्तीको अन्त्य गर्ने र सो पालिकावासीलाई अधिकतम् सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवाको सुरुवात गरिएको वताउनु भयो।
जनतामा सेवा प्रवाह गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरु प्रविधिलाई अघाल्दै जानुपर्ने धेरै आवश्यकता रहेको अध्यक्षको भनाई छ। उहाले योे लुम्बिनी प्रदेशमै अनलाइन सेवा प्रवाह गर्ने शुद्धोधन पहिलो पालिका भएको वताउनु भयो।
अब केहि दिनबाट पालिका सेवा प्रवाहको पहिलो चरणको सुरुवात र समय सङ्गै अन्य सेवाहरुपनि बिस्तार गरिने वताउनु भयो।
स्मार्ट पालिका सफ्टवेयर डेभलपरले तयार गरेको एपमा गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जन गुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोज भट्टराईले वताउनु भयो।
उहाँले यो एउटै एपबाट जनताले अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको यसको प्रयोगबाट पालिकाले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने वताउनु भयो। एसिया फाउन्डेशन मार्फत युके एडले उक्त पालिकामा एकीकृत डिजिटल प्रणाली सेवाको काम गरिरहेको पालिकाका आईटी अधिकृत महेश चौधरीले बताउनु भयो।






