वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधानका लागि सरकाले विशेष आयोग गठन गर्नुपर्छ : अध्यक्ष लिङदेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरव र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उहाँले उनीहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो । अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदुतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले विचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाउनु भयो ।

ADVERTISEMENT

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘केही दिन अघि मैले सबैभन्दा बढी कामदार रहेका साउदी अरब र युएईको भ्रमण गर्ने र त्यहाँ काम गर्ने नेपाली कामदारहरुसँग साक्षात्कार गर्ने अवसर पाएका थिए । नेपालमा गरिखान नपाएपछि उनीहरु त्यहाँ पुगे । तर, उनीहरुको अवस्था दयनीय छ । त्यहाँ रहेका राजदुतावासहरुको अवस्था पनि दयनीय छ । सरकारले त्यसले त्यहाँको राजदुतावासको स्थिति सुदृढ बनाओेस् । र वैदेशिक रोजगारमा रहेका युवाहरुको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिशन गठन होस् भनेर माग गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरुको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?