दुई मन्त्री एमाले अध्यक्ष ओली निवास बालकोटमा

Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुग्नुभएको छ ।
शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुग्नुभएको हो ।

ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ ।

दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ ।

ADVERTISEMENT

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको छ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?