सुन तस्करीको दलदल र महरा पितापुत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

तस्करी गर्नेहरूले नेपालको भन्सार व्यवस्थापनलाई सबैभन्दा सजिलो ठान्ने गरेका छन् । त्यसैले केही मानिसले तस्करीको स्वर्गमा रूपमा हेर्ने गरेका छन् । कुख्यात अपराधी चाल्र्स शोभराजले त नेपालको भन्सारबाट म हात्ती पनि सजिलै छिराउन सक्छु भनेका थिए । अहिले पछिल्लो चरणमा भएका केही यस्तै प्रकरणले गर्दा नेपाल जताफर्के पनि तस्करी र भ्रष्टाचारमात्र हुने राष्ट्रका रूपमा चिनिने गरेको छ । हालैको सुन तस्करी प्रकरण हेर्ने हो भने नेपाल यसको हब बन्दै गएको छ । यसो भन्न सकिने आधार हालै राजनीतिको माथिल्लो तहमा रहेका कृष्णबहादुर महराको परिवारको संलग्नताबाट स्थापित बन्नसक्छ । ठूलो राजनीतिक परिवर्तनबाट राज्यप्रणालीका साथै नेता र नेतृत्वसमेत परिवर्तन हुने हो ।

नेतृत्व गर्छु भनेर आएका तिनै नेताहरूबाटै भ्रष्टाचार र तस्करी हुने हो भने जनताले बरू पहिलेकै प्रणाली ठीक थियो, आपूmबाट यो नेतृत्व छान्नु भूल भएछ भनेर पछुतो मान्नुपर्‍यो भने त्यो परिवर्तन केवल परिवर्तनमात्र बन्न जान्छ । अहिलेको अवस्था त्यस्तै हो । पञ्चायतमा त्यस्तै भयो भनेर प्रजातन्त्र ल्याइयो । जनताले प्रजातन्त्रवादीहरूबाट भ्रष्टाचार र अनियमिता होला भनेर सोच्नसमेत सकेका थिएनन् तर तिनीहरूबाट कल्प नै नगरेको अनियमितता भ्रष्टाचार र तस्करी हुन थाल्यो । व्यक्तिको नियत नै खोटो भएपछि राज्य प्रणाली जुन भए पनि देशले प्रगति गर्न सक्दैन । बहुदलीय प्रणालीभन्दा पनि अझै उन्नतिशील प्रणाली स्थापित गरी समाजवाद ल्याउने सुन्दर सपना जनतालाई बाँडेर एक दशकभन्दा लामो समयसम्म माओवादीहरूले सशस्त्र विद्रोह गरे ।

उनीहरू शान्ति प्रक्रियामा आएको डेढ दशक बितिसक्यो तर अब त्यस बेला बाँडेका सपनाहरू सम्झिने काम कुनै पनि नेताहरूबाट हुने गरेको छैन । सर्वहाराहरूको राज्य व्यवस्था स्थापित गर्ने भनी हिंसात्मक आन्दोलन गरेर सत्तामा पुगेकाहरूको ऐयासी जीवनशैलीले ती पहिलेका सबै बाचा केबल झुटा सपना थिए भन्ने प्रमाणित भइरहेका छन् । पहिले जनमोर्चाबाट पनि सांसद भइसकेका नेता कृष्णबहादुर महरा तुलनात्मक रूपमा शालीन नेता मानिनुहुन्थ्यो । शान्ति प्रक्रियामा आएपछि पटक-पटक मन्त्री हुनुका साथै प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा पनि उहाँ पुग्नुभएको व्यक्ति हुनुहुन्छ ।

ADVERTISEMENT

तर, उहाँ पटक-पटक ठूला-ठूला काण्ड जोडिन पुग्नुभएको छ । आमनिर्वाचनताका चुनाव खर्चका रूपमा चिनियाँसँग सत्तरी करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उहाँको छवि खस्किएको थियो । प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा रहिरहेकै बेला एउटा लज्जास्पद काण्डमा उहाँ फस्न पुग्नुभयो । एकजना विवाहित महिलाकोमा राति मादक पदार्थसहित पुग्नुभएको र ती महिलाले आपूmमाथि महराले अभद्र व्यवहार गरेको भनेर सार्वजनिक भएपछि उहाँले पदबाट हात धुनुपरेको थियो । त्यस काण्डका कारण उहाँले हिरासतमा समेत बस्नुप¥यो । उक्त प्रकरणबाट मुक्त भएपछि उहाँ पुनः राजनीतिमा सक्रिय हुनुभयो तर हालै सुन तस्करीसँग संबद्ध भएर पुनः उहाँ चर्चामा आउनुभएको छ ।

उहाँका छोरा राहुल त पक्राउ परिसकेका छन् । एक, दुई वा तीनजना नेताको कुरा होइन ठूला भनिएका दलहरूका शीर्ष नेताहरू र तिनका परिवारका सदस्यहरू सबैजसो विभिन्न प्रकरणमा संलग्नता देखिएकाले राजाको शासन भएका बेला राजपुत्रहरूले जे गरे भनेर उनीहरूको आलोचना गर्ने गरिन्थ्यो अहिले त्यसरी नै नेतापुत्र, पुत्री, श्रीमती वा आफन्तहरूको संलग्नता देखिँदै आएको छ । उनीहरूको संलग्नता हेर्दा सबै शीर्ष नेताहरूको आपसी संलग्नता र सहमति नहोला भन्ने छैन । कहीँ न कहीँ कतै न कतैका अनियमितता र भ्रष्टाचारमा नजोडिएका नेता पाउन सकिने अवस्था छैन । को कहाँ संलग्न छ भन्ने कुरामात्र हो, संलग्नता सबैको छ ।

हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको यस क्षेत्रमा सक्रियता रहेको छ । उहाँकै सक्रियताबाट ललिता निवास, नक्क्ली भुटानी शरणार्थी जस्ता प्रकरण हालैको सुन तस्करी काण्डमा संलग्नसमेतलाई पक्राउ गर्ने काम भइरहेको छ तर यसको सञ्जाल व्यापक भएकाले शीर्ष नेताहरू अझै पनि समातिएका छैनन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले देखाइरहनुभएको यो सक्रियता पनि उहाँहरूलाई मन परेको छैन । केही शीर्ष नेताहरूबाट उहाँलाई यसो नगर्न दबाब आयो भनिएको छ तर गृहमन्त्री श्रेष्ठले खुट्टा कमाउनु हुँदैन । अपराधीहरू सबै समाति नै पर्छ, उनीहरूलाई कानुन बमोजिमको कारबाही हुनैपर्छ । यसका लागि गृहमन्त्रीलाई अरूको साथ नहोला तर उहाँलाई जनताको साथ भने सधैं रहिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *