‘पशुपति प्रसाद २ : भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर चलचित्रमा समावेश गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्र मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा बी पाण्डेको शब्द रचना, सुवास भुसालको संगीत र मेलिना राई÷निशान भट्टराईको स्वर रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको यो चलचित्रमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेद्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भुमिकामा छ ।

ADVERTISEMENT

टुकी आर्टस्को व्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेख्नुभएको हो भने लामिछाने नै यस चलचित्रका निर्माता हुनुहुन्छ । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत छ चलचित्रमा । यो चलचित्र दशैँको छेको पारेर देशभरका सिनेमाघरमा आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *