समाजवादी मोर्चाको ‘सन्देश सभा’ आज सुर्खेतमा हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज सुर्खेतको ‘सन्देश सभा’लाई सम्बोधन गर्ने भएका छन् ।

वीरेन्द्रनगरमा हुने ‘सन्देश सभा’लाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता आउन लागेका हुन् ।

ADVERTISEMENT

टोलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउँदै छन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजित उक्त सभामा प्रदेश स्तरीय मोर्चाको घोषणा समेत हुने छ । बुधबार धनगढीमा हुने कार्यक्रम भने स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज