नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ शान्तीचौर स्थित परासी भुमही सडक खण्डमा भुमहीबाट परासी तर्फ आउदै गरेको कार आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।
बाटोको बिचमा राखेको डिभाडरमा ठोक्कीन गइ पल्टिदा कारमा सवार ४ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याइएको थियो ।
दुर्घटनामा परी घाइते हुनेहरूमा कार चालक सुनवल नगरपालिका-११ केरवानी बस्ने बर्ष अन्दाजी ४५ को यज्ञ प्रसाद चौधरी, दाहिने हातमा चोट, अवस्था मध्यम, सोही कारमा सवार धादिङ निलकण्ठ नगरपालिका-१ झुसेली बस्ने बर्ष अन्दाजी २५ को टिकाराम गुरुङको गालामा चोट, अवस्था सामान्य धादिङ टाउले बस्ने बर्ष अन्दाजी ३२ को डिल माया तामाङ बाहिरी चोटपटक नभएको अवस्था सामान्य र ति महिलाको छोरी १० महिनाकी अहाना तामङको बाहिरी चोटपटक नभएको, अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनु भयो ।
घटनाको थप अनुसन्धान भैरहेको पाण्डेले बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता