चन्द्रमा पछि भारत अब सूर्यतर्फ, सेप्टेम्बर २ मा रकेट प्रक्षेपण गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बेंगलुरु । चन्द्रयान-३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अध्ययन गर्ने भएको छ ।

भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल- १’, सेप्टेम्बर २ मा बिहान ११।५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।

अन्तरिक्ष एजेन्सीले सोशल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी-सी ५७ रकेट मार्फत प्रक्षेपण गरिनेछ।

ADVERTISEMENT

आदित्य-एल १ मिशनको लक्ष्य एल-१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो।

यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सूर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज