लमजुङमा नागरिकता त्याग्नेको संख्या बढ्दो, १८ जनाले त्यागे नेपाली नागरिकता

हिमालय टाइम्स
nagarikata-hita
हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका मध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरिकता त्याग्नेको संख्या रहेको पाइएको छ । उक्त समयमा पाँच/पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचन अधिकारी जगदीश मिश्रले जानकारी दिनुभयो ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सूचना अधिकारी मिश्रको भनाई छ ।

ADVERTISEMENT

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उहाँले बताउनु भयो । त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९–०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी जगदिश मिश्रले बताउनु भयो । अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०७९-०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज