कालीकोट । कालीकोटका पाँचवटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । जिल्लाको शुभकालिका गाउँपालिका, पलाँता गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र महाबै गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुहुने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सान्नीत्रिवेणी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा कार्यरत शाखा अधिकृत सर्वजीतकुमार झा, नरहरीनाथ गाउँपालिकामा शाखा अधिकृत युवराज पौडेल, पलाँता गाउँपालिकामा, सुरेशकुमार श्रेष्ठ, शुभकालिका गाउँपालिकामा, दुर्गा न्यौपाने र महाबै गाउँपालिकामा शोभा पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा मन्त्रालयले खटाएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका जिल्लाका स्थानीय तहमा मन्त्रालयले नयाँ अधिकृत पठाएको हो ।
कालीकोटका नौ वटा स्थानीय तह मध्ये पाँचवटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् भने चारवटा स्थानीय तहले अझै प्रमुख प्रशासकीय अधिकृत पाउन सकिरहेका छैनन् ।
जिल्लाको तिलागुफा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्ल, रास्कोट नगरपालिकामा जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा जसि प्रसाद चौलागाईं र पचालझरना गाउँपालिकामा पूर्णबहादुर बिकले निमित्तको रुपमा कामकाज गर्दै आइरहनु भएको छ ।
जिल्लाको मुटु मानिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही मारमा परेका छन् । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाहीले खाँडाचक्रमा प्रमुख प्रशासकीय अधिकृत नभएको करीब १ वर्ष बढी भइसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो हाम्रो पालिका प्रमुख प्रशासकीय अधिकृत बिहिनन भएको १ वर्ष भयो । मेरो कार्यकालको सुरुका ४ महिनासम्म प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उहाँको सरुवा भएपछि अहिलेसम्म कोही पनि आउनुभएको छैन् ।
अहिले शिक्षा हेर्ने जसीप्रसाद चौलागाईं सर निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँकै भरमा पालिका चलिरहेको छ । पालिकाको सामान्य काम त चलिरहेकै छ । तर, नीति निर्माणदेखि सल्लाह सुझाव दिने स्तरको कर्मचारी अभाव हुँदै निकै समस्या भएको छ ।
एक वर्षसम्म काठमाडौंको सिंहदरबार धाएर विन्ती बिसाउँदा पनि मैले मेरो गाउँको सिंहदरबारको हाकिम पाउन सकिनँ नगर प्रमुख शाहीले हिमाल टाइम्ससँग बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts