ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : अध्यक्ष नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडाैं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गर्नुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रश्ताव पनि नगरेको बताउनु भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रश्ताव गरेको उल्लेख गर्दैै उहाँले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताउनु भयो । अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रश्तावलाई पनि ओलीले लत्याएको दोहोर्‍याउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘ओलीले यो पार्टीको मतलव नै नराख्ने । हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रश्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलादमी पारेर हुँदैन । त्यसो हुनाले यो घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङगो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौं । समयसमयमा हामीले उठायौं-मैले भने प्रचण्डजीलाई अब हामी पुरानो नेकपालाई ब्युताऊँ । संकिर्ण नबनौं । मैले त्यो प्रश्ताव पठाए केपी ओली कहाँ । केपी ओलीलाई जब राष्ट्रपति पद पाउनेका लागि मतलव लागेको थियो, मसँग भेटन खोजे । तर मलाई प्रश्ताव राखेनन् । अहिले के भन्छन्-मैले प्रश्ताव राखेको थिए । तर उनले राखेकै थिएनन् । प्रश्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रश्ताव नै राखेको होइन । प्रश्तावलाई मैले स्वीकार गरेको भए शेरबहादुर कहाँ खबर जान्थ्यो । माधव नेपालले धोका दिँदैछन् । धोकेवाज हुन उनी । पदको निम्ति मरिहत्ते गर्छन भनिदिन्थे । यी सबै कतिपयु कुराहरु विचार नगरीकन हाम्रा कतिपय कमरेडहरु भन्छन् नि-राष्ट्रपति पाएको छोडिदिनु भयो भन्छन् । राष्ट्रपति पक्कै पनि प्रचण्डजीले मलाई प्रश्ताव गरेको हो । प्रचण्डजीले सबै बैठकमा मेरो नाम प्रश्ताव गरेकै हो राष्ट्रपतिमा । तर त्यो बेलामा काँग्रेसले के भन्यो भने सभामुख पाउने एमाले, राष्ट्रिय सभाको अध्यक्ष हुने एमाले, उपसभामुख पाउने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको उपाध्यक्ष हुने माओवादी अनि काँग्रेस सबैभन्दा ठूलो पार्टी भएको बेलामा केही पनि नपाउने ? अब त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने । प्रधानमन्त्री हुन शेरबहादुरसँग लडाई चलिराख्या छ । शेरबहादुरजीले बचन दिइसक्नुभएको छ रामचन्द्रजीलाई । म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइन । किनभने बिद्रोह गरेर पार्टी बनाइएको छ । म राष्ट्रपतिमा गएभने हामीलाई ल्याएर बाटोमै छोडिदिनु भयो भनेर मलाई नै आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिन । सबै कार्यकर्तालाई हरिबिजोग बनाएर राष्ट्रपति पदमा जानुहुँदैन भन्ने मलाई परेको थियो ।’

अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज