दुई दर्जन बढी घर पहिरोको जोखिममा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिराको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिराले घर भत्किँदा मैदानका दुई परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायण प्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र बहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उहाँको भनाइ छ ।

घर भत्किँदा नारायण प्रसाद सापकोटाको १० लाख बराबरको क्षेती भएको छ, भने जमुना आचार्यको ६ लाख बराबरको क्षती भएको छ । नारायण प्रसाद सापकोटाको अन्यत्र घर बनाउने जग्गासमेत नभएकोले थप समस्यामा रहेको वडा अध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यलयमा सिफारिस गरिएको वडा अध्यक्ष केसीले बताउनुभयो ।

ADVERTISEMENT

‘पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरीनै वर्षा भइ रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने संभावना बढेको छ ।’

विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट १ थान त्रिपाल बाहेक कही कतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्ती माथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय नारायणप्रसाद सापकोटाले बताउनुभयो । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोख्नु भयो ।

बागलुङ नगरपालिका– ४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडक खण्ड अन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उहाँको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घरहरु पनि जोखिममा पर्न थालेपछि स्थानीयहरु त्रसित बनेको सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज