सिमरा सवारी दुर्घटनामा मृत्यु भएका सात जनाकै सनाखत, घाइतेहरुको नामवलीसहित

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ मा विहिवार विहान सवारी दुर्घटनामा परी ७ जनाको मृत्यू भएको छ भने १७ जना घाइते भएका छन् ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत चुरियामाई मन्दिर नजिकै काठमाण्डौबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस विहिवार विहान साढे २ बजे सडकको दाया साइडमा १०÷१५ मीटर तल खसी दुर्घटना हुँदा ७ जनाको मृत्यू र १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले बताउनुभयो ।

ADVERTISEMENT

दुर्घटनामा परि महोत्तरी लोहार पट्टीका.४१ वर्षीय बिजयलाल पडित, भारत राजस्थानका ५५ वर्षीय बैजन्ती देबी, भारत राजस्थानका ६५ वर्षीय श्रीकान्त देबी, ६५ वर्षीय राजिन्द्र चतुर्बेदी, ५५ वर्षीय सत्यबती जादब, ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीय मिरा देबी मृत्यू भएको प्रनाउ न्यौपानेले बताउनुभयो ।

यसै गरि दुर्घटनामा परि भारत राजस्थानका ४८ वर्षीय घनश्याम चतुरबेदी, महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषा मौवा गाउँपालिकाका ४१ वर्षीय घुरन मण्डल, महोत्तरी लोहारपति नगरपालिका ५ का २६ वर्षीय जसबेन्दर पासवान, भारत राजस्थानका ५३ वर्षीय माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारा वती चतुरबेदी, ९ वर्षीय क्रितिका चतुरबेदी, ४८ वर्षीय श्याम लाल माली, ४७ वर्षीय हरवारी माली, ७० वर्षीय चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह र ६० वर्षीय ईन्दु धाकदको बारा र मकवानपुर स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज