काठमाडौं । धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका-२ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय सुशिल रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल रहनुभएको छ ।
त्यस्तै कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका-५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल हुनुहुन्छ ।
दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका-२ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता हुनुहुन्छ । उहाँको हिजोदेखि खोजी जारी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता