काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज (बिहीबार)देखि सुरु हुने भएको छ ।
काठमाडौंमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेन्डा तय गरिसकेको छ ।
महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन प्राडा विष्णु भण्डारीले पेस गर्नु हुनेछ ।
यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदनमाथि छलफल गरेर पार्टीले आगामी कार्यदिशा तय गर्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts