पश्चिम नवलपरासीको सुस्तामा एक युवकको शव फेला

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ गुडरिया स्थित गण्डक नहरमा एक युवकको शव फेला परेको छ ।

सुस्ता गाउँपालिका-२ गुडरीयामा गण्डक नहर किनारमा मृत अवस्थामा फेला परेको शव भारत विहार प्रदेशको पश्चिम चम्पारण जिल्ला थाना वाल्मिकीनगर ३ बस्ने मिना पौलको छोरा १९ वर्षीय सुजित पौल रहेको प्रहरीले जनाकारी दिएको छ ।

ADVERTISEMENT

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भयो ।

शवलाई पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?