सिंजा केदारनाथ महोत्सवको तयारी अन्तिम चरणमा, पयर्टन मन्त्रीले उद्घाटन गर्ने

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा यहीं भदौ १० देखी १२ गतेसम्म संचालन हुने ऐतिहासिक धार्मिक तिर्थ स्थल केदारनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पालिकाको वडा नं.– ४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भब्य रुपमा सफल पार्नेका लागि तयारी र प्रचारप्रसारको कामलाई तिव्रगतिमा अघि बढेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

ऐतिहासिक केदारनाथ महोत्सवको सम्उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने भएको छ । गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो,'सिंजा नेपाली भाषाको जन्म थलो समेत हो ।’ पालिका भित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने सिंजाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

अब आउने हरेक बर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेला समेत गरिने भएको छ । महोत्सवलाई सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भई तयारीमा पालिकाका कर्मचारी लगायत जनप्रतिनिधि जुटेको गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो ।

जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तिर्थ स्थल केदारनाथलाई पर्यटकीय हवमा विकासि गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत धार्मिक महोत्सव गर्न थालिएको हो । महोत्सव स्थलमा संघीय सरकाका पर्यटन मन्त्री किराती सहित कर्णाली प्रदेशकाका भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, संचारकर्मी र आम स्थानीयवासिको सहभागिता हुने गाउँपालिकाका प्रमुख प्रशनसकीय अधिकृत मित्रलाल धितालको भनाइ छ । उक्त महोत्सवमा विभिन्न खस वेशभूषा,जुम्ली अर्गानिक स्याउ,राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्ने समेत सकिने सिंजा गाउँपालिकाले जनाएको छ ।

पर्यटन क्षेत्रमा प्रथामिकता 

सिंजा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

ADVERTISEMENT

खस भाषाको जन्मथलोसमेत रहेको सिंजालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ । गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, “पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याइसकेका छौ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिएको छ ।”

सिंजाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं – ३ स्थित राइके पाखोमा सिंजा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको अध्यक्ष धितालको भनाइ छ ।

सिंजाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिंजा सभ्यताको अवलोकन गर्ने कार्यक्रम पर्यटन मन्त्री किरातिको रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बजेटम केदारनाथलाई धार्मिक र प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो ।

सिंजा –४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल केदारनाथलगायत पालिकाभित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वकास्थल उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वकास्थल ओझेलमा परेको गाउँपालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिनुभयो । समुद्रि सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज