९५ करोड २५ लाख भन्दा बढी विद्युत महसुल उठाउन बाँकी

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाको आर्थिक वर्ष २०७९/०८० असार सम्म ९५ करोड २५ लाख ८३ हजार ३ सय ३२ रुपैयाँ उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाले जनाएको छ ।

यसमा पुरानो बक्यौता मात्र नभएर २ महिना भन्दा बढी समय देखि विद्युत महसुल नतिरेकाहरुको समेत विवरण रहेको कलैया वितरण शाखाका प्रमुख ऋषि कुमार बरनवालले बताउनुभयो । पुराना बाँकीसहित गत वर्षको आर्थिक मसान्त सम्म ९५ करोड २५ लाख रहेकोमा दिनहुँ महसुल उठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

विशेष गरि लामो समय देखि विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने र उनीहरुमाथि कानून बमोजिम कारवाही प्रक्रिया समेत अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।

अहिले कलैया वितरण शाखाले आफनो सेवा क्षेत्रको ९९.५ प्रतिशत एरियामा विद्युत पुर्‍याउन सफल भएको छ, उहाँले भन्नुभयो,‘जिल्लामा नेपाल विद्युत प्राधिकरणको तीन वटा शाखाहरु रहेका छन् जसमध्ये कलैया वितरण शाखा अन्तर्गत ६२ हजार २ सय २५ ग्राहक रहेको नेपाल विद्युत प्राकिरण कलैया वितरण शाखाका प्रमुख बरनवालले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा कुल ५८ हजार २ सय ६ जना कलैया वितरण शाखामा आवद्ध ग्राहक रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा ४ हजार १९ जना नयाँ ग्राहक थप भएको उहाँले बताउनुभयो ।

यस शाखाले गत आर्थिक वर्षमा ८ करोड ९६ लाख ९४ हजार ३२ युनियट विद्युत आयात गरेको छ, उहाँले भन्नुभयो,‘जस मध्ये ५ करोड ९९ लाख ११ हजार ५ सय ११ युनिट विद्युत विक्री गरेको छ बाँकी ३३.२ प्रतिशत विद्युत ह्रास भएको छ । विक्री गरिएको विद्युतको आम्दानी ५१ करोड ८६ लाख रहेको छ । जसमध्ये ४७ करोड ५२ लाख रुपैयाँ असुली भएको छ भने ४ करोड ३४ लाख गत आर्थिक वर्षको विद्युतको महसुल उठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

गत आर्थिक वर्षमा १ हजार १ सय १४ जनाको लाइन काटिएको थियो । उनीहरु कहाँ ७ करोड ४३ लाख ७१ हजार १ सय ३८ विद्युतको महसुल बाँकी थियो । उनीहरु मध्ये ८सय ७३ जनाको लाइन पुनः जडान गरिएको छ । उनीहरुबाट बाँकी रहेको विद्युतको महसुल ३ करोड ६० लाख १३ हजार ६ सय ९५ रुपैयाँ तिर्न लगाई पुनः विद्युत जडान गरिएको उहाँले बताउनुभयो ।

यसै गरि गत आर्थिक वर्षमा विद्युत चोरीमा संलग्न रहेका २ सय ६६ जनालाई पक्राउ गरिएको र ३ सय ६५ वटा विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

यस वितरण शाखा अन्तर्गत २ लाख ४१ हजार युनिट विद्युत चोरी भएकोमा पक्राउ परेकाहरुबाट ३० लाख १९ हजार ८ सय ३१ रुपैयाँ असुली गरिएको उहाँले बताउनुभयो ।

कलैया वितरण शाखा अन्तर्गत १ हजार ९७ जना विद्युत ग्राहक ब्लैक लिष्टमा परेका छन् । जस मध्ये ८ सय ७३ जनाले पैसा तिरी पुनः विद्युत जडान गराएका छन् । ब्लैक लिष्टमा परेकाहरुबाट २ करोड ६० लाख ८८ हजार ४८ रुपैयाँ उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

अरु वर्षको तुलनामा यस वर्ष विद्युत खपत कलैयामा बढेको उहाँले बताउनुभयो । विद्युत खपत बढेसँगै चोरी पनि बढेको छ उहाँले भन्नुभयोे,‘आर्थिक वर्ष २०७८/०७९ मा कलैया वितरण शाखाको २८.४ प्रतिशत विद्युतीय ह्रास रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा बढेर ३३.२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय भारको कारण ६४ वटा ट्रान्सफर्मर जलेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ५३ वटा ट्रान्सफर्मर जलेको र १६ वटा नयाँ ट्रान्सफर्मर थप गरिएको उहाँले बताउनुभयो । १६ वटा नयाँ ट्रान्सफर्मर जडान भएसँगै ट्रान्सफर्मर जल्ने क्रम रोकिएको छ भने भार पनि कम भएको कार्यालय प्रमुख वरनवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज