माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहन्छ : प्रमुख सचेतक गिरी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

ADVERTISEMENT

एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताउनु भयो । उहाँले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो ।

बैठकपछि प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘सुन प्रकरणमा राजनीतिक दलको पनि संलग्नता भएको कुराहरू आइरहेका छन् । यस्तोमा सीआईबीले अनुसन्धानका लागि हाइ प्रोफाइललाई बोलाउनेसक्ने स्थिति रहेन । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा पनि हाइ प्रोफाइलका मान्छेलाई छानबिनमा नल्याउने साना मान्छेहरूलाई ल्याएर कारबाही गर्‍यौं भन्ने ढंगले अगाडि बढेको छ । त्यसैले हामीले समितिको माग राखेका हौं ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमा सदन सुचारु गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?