जुम्लामा साउनमा उठ्यो ४ करोड बढी राजस्व

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालू आर्थिक वर्षको पहिलो महिनामा ४ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।

साउन महिनाको राजस्व उठाउने लक्ष्य ३ करोड ८६ लाख रहेकोमा राजस्व असुली ४ करोड ५५ लाख उठेको आन्तरिक राजस्व कार्यालयका सुचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिनुभयो । यस आर्थिक वर्ष २०८०।८१ को वार्षिक राजस्व उठाउने लक्ष्य ५९ करोड रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा रु ४७ करोड बढी राजस्व संकलन गरेको छ । जुम्ला सदरमुकाम खलङ्गा स्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रहेकामा ४७ करोड २६ लाख अर्थात् ९९ दशमलव ४१ प्रतिशत राजस्व संकलन गर्ने कार्यालय सफल भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका सुचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिनुभयो ।

ADVERTISEMENT

कुल लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन भएको छ । देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको सुचना अधिकारी उपाध्यायले भन्नुभयो,“आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७ करोड बढी राजस्व संकलन भएकोे छ । विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको छ । ”

कार्यालयको कार्यक्षेत्र भित्र पर्ने माथिल्लो कर्णालीका जुम्ला कालिकोट र मुगुका गरि करदाता संख्या २५ हजार बढी पुगेकाछन् । जसमा १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् । करिब १२ हजार जना व्यक्तिगत प्यानमा दर्ता भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज