पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।

सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्वजनिक गरेको सर्ट लिस्ट अनुसार सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, डा.देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा.नवराज केसी ‘शून्यको मूल्य’ नामक पुस्तकहरू परेका छन् ।

ADVERTISEMENT

अध्यक्ष लामिछानेका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा सो प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम निर्णायक समितिको सिफारिश अनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लंग लिस्ट) सार्वजनिक गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *