शिक्षकद्वारा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाल शिक्षक महासङ्घ गुल्मीले शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुख्य नारासहित शिक्षक महासङ्घमा आबद्ध सबै संघ सङ्गठनले धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा सञ्चालित आन्दोलन कार्यक्रम अन्तर्गत तीन घण्टाभन्दा बढी धर्नासंगै मङ्गलबार शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापनपत्रसमेत बुझाइएको अध्यक्ष सराङ्कोटीले बताउनुभयो । शान्तिपूर्ण र विद्यालयमा कुनै प्रभाव नपारी कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

विगतमा शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिको जानकारी गराइएको छ । हाल नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबै शिक्षकको माग सम्बोधन नगरेको, सरोकारवालासँग छलफल नगरी शिक्षा ऐन ल्याउन लागेको र शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच भएका सहमतिलाई कार्यान्वयन गर्न नखोजेको अध्यक्ष सराङ्कोटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज