मुगु जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

ADVERTISEMENT

उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन । उनीहरुको हाल उपचार भईरहेको छ ।

यसरी ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?