एक लाख घुससहित शहिदनगर नगरपालिकाका इन्जिनियर पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई एक लाख घुससहित पक्राउ गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादव एक लाख घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नगरपालिकाको वडा नं ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरेको हो।

ADVERTISEMENT

अख्तियारको टोलीले  उनीहरूको साथबाट एक लाख ७५ हजार चेक पनि बरामद गरेको छ।

उनीहरूले नगरपालिकामा वाल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज