भोजपुरमा रक्तदान कार्यक्रमको आयोजना

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा आइतवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल प्रहरी श्रीमति संघको ३९ औं बार्षिक उत्सबको अवसरमा जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो । बिभिन्न कार्यक्रम गरी दिवस मनाउने क्रममा रक्तदान पनि गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय गरी २३ जनाले रक्तदान गरेको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो । भोजपुरमा रहेको जिल्ला अस्पतालमा ब्लड बैक संचालनमा आएसँगै बिभिन्न दिवस तथा अवसर पारेर रक्तदान कार्यक्रम हुदै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज