हरेक हप्ता बार्बीको नयाँ रेकर्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लसएन्जल्स । हलिउड चलचित्र ‘बार्बी’ले हरेक हप्ता नयाँ रेकर्ड कायम गरिरहेको छ ।

ग्रेटा गेरविग निर्देशित यो चलचित्रले बक्स अफिसमा उल्लेखनिय कमाइ गरेका छ । चलचित्रले अघिल्लो हप्ता एक अर्ब उमेरिकी डलर कमाइ गरेर रेकर्ड राखेको थियो । यो हप्ता कमाइको शृंखला जारी राख्दै नयाँ इतिहास रचेको जनाइएको छ ।

चलचित्रकी निर्देशक ग्रेटा गेरविग सबैभन्दा बढी कमाइ गर्ने महिला निर्देशक बनेको एजेन्सीहरूले उल्लेख गरेका छन् । यो क्रममा उहाँले ‘फ्रोजन २’का निर्देशक जेनिफर ली र क्रिस बकलाई पछि छोडनुभएको छ ।

ADVERTISEMENT

वाल्ट डिज्नेले सन् २०१९ मा रिलिज गरेको चलचित्रले चार सय ७७ मिलियन डलर कमाइ गरेको थियो ।

‘बार्बी’ले बिहीबारसम्ममा चार सय ९२ मिलियन कमाइ गरेको छ । यो हप्ता सकिँदा चलचित्रले पाँच सय मिलियन कमाइ गर्ने देखिएको छ । योसँगै चलचित्र घरेलु बजारबाट मात्र पाँचसय मिलियन कमाइ गर्ने २० औँ चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *