सर्लाही । पछिल्लो समय आधुनिकता भित्रिएसँगै परम्परागत दुना टपरीको प्रयोग घटिरहेको बेला सर्लाहीमा रहेको एक निजी विद्यालयका विद्यार्थीले भने त्यही दुना टपरी बनाउन सिकिरहेका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको लर्ड ब्राइड विजडम एकेडेमीका विद्यार्थी दुना टपरी बनाउन सिकिरहेका हुन् । विद्यालयको कक्षा ७ देखि ९ सम्म पढ्ने छात्र तथा छात्रा टपरी बनाउने कार्यमा ब्यस्त छन् ।
विद्यालयले उनीहरुलाई बत्ती काड्न समेत सिकाइरहेको छ । विद्यालयका प्रधानाध्यापक वसन्त खड्काले विद्यार्थीमार्फत मौलिकता जोगाउने अभियानमा लागेको बताउनुभयो ।
खड्काका अनुसार विद्यार्थीले बनाएको दुना, टपरी तथा बत्ती स्थानीयले विभिन्न शुभकार्य पर्दा लिएर जाने गरेका छन् । जिल्लामा यसरी निजी विद्यालयका विद्यार्थीले दुना, टपरी बनाएर नमूना काम गरेर देखाएका छन् ।
विद्यालय आफैँले सरसामग्री जुटाएर दुना, टपरी बनाउन सिक्दा अभिभावक समेत खुसी छन् । यसरी सिकेको शीप पनि घर तथा व्यवहारमा समेत उपयोगी हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच