रुपन्देही । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको हाे ।
रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखाँचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १/१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।सवैभन्दा धेरै पाल्पामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले लामखुट्टेबाट बच्नकालागि सधैँ झुल टांगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जालीहाल्न अनुरोध गरेको छ ।
यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
केही जिल्लाहरुमा विरामी अस्पताल भर्ना भएका छन भने कतिपय घरमै उपचाररत छन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । त्यसयता वर्सेनि संक्रमण बढ्दो छ ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स-साना पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताउनु भयो। उहाँकाअनुसार पहिले तराईमा बढी देखिए पनि अहिले लुम्बिनीका सबै जिल्लामा यो डेंगु देखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts