मन्त्री किराँती भोजपुर टुँडिखेल सरसफाईमा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । गृह जिल्ला भोजपुर आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले सदरमुकाममा रहेको टुँडिखेल र आसपासको क्षेत्रको सरसफाई गर्नुभएको छ ।

बिहानी फुटबल क्लवले गरेको सातौ हप्ताको सरसफाई कार्यक्रमअन्तर्गत टँडिखेल र आसपासको सरसफाईमा किराँतीको पनि सहभागिता रहेको हो । क्लवले मन्त्रीसहितको सहभागितामा कार्यक्रम तय गरेको थियो । क्लवले थालेको अभियानमा मन्त्रीसहितको सहभागिताले आफुहरुलाई थप उत्साहि बनाएको क्लवमा आवद्ध युवाहरुको भनाई छ ।

“हामीले धार्मिक क्षेत्र, सार्वजनिक स्थलहरु, सडकलगायतको सरसफाईका बिभिन्न कार्यक्रमहरु बिगत देखि नै गर्दै आईरहेका थियौं, तर आज भोजपुरकै मन्त्रीलाई समेत सामेल गराउन पाएका छौ ।” आयोजक बिहानी फुटवल क्लवकाअध्यक्ष रिपेश भुजेलले भन्नुभयो ।

ADVERTISEMENT

सरसफाईका क्रममा मन्त्री किराँतीले भोजपुरमा पनि डेंगु संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बिषाधि र सो छिट्ने मेशिन समेत सहयोग गर्नु भएको भुजेलले जानकारी दिनुभयो ।

सरसफाईमा मन्त्री किराँतीसहित प्रदेस सांसद बिनोद बान्तवा, भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले, सुरक्षाकर्मी, भोजपुर क्याम्पसका बिद्यार्थी, क्लवका सदस्यहरु, स्थानीयलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?