गौर हत्याकाण्ड पीडितसँगको सम्झौता गलतः माओवादी नेता शर्मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौंं । एक माओवादी नेताले गौर हत्याकाण्ड पीडितसँग हालै भएको सम्झौता गलत भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उक्त सम्झौता गलत भएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो गल्ति सच्चाउन आग्रहसमेत गर्नुभएको छ ।

‘नेपाल सरकार र मधेसी जनअधिकार फोरम नेपालबीच २०६४ भदौं १३ मा भएको २२ बुँदे सम्झौताको बुद्धा नं ३ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकारबीच  भएको ८ बुँदे सम्झौताको बुँदा नं ७ मा स्पष्ट रूपमा भनिएको छ, मधेस आन्दोलनका शिलशिलामा फोरमका नेता तथा कार्यकर्ता माथि लगाएका मुद्दाहरु खारेज गर्ने छ,’ उनले भनेका छन, ‘तसर्थ गृह मन्त्रालयले रूप सागर देवी उपाध्यायसँग २०८० साउन २३ गते गरेको ५ बुँदे सम्झौताको १ नं बुँदा मधेसी जन अधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सँग गरिएको सम्झौताको विपरीत रहेको छ।’

ADVERTISEMENT

तत्कालिन मधेसी जनअधिकार फोरमका महासचिवसमेत रहेका माओवादी नेता शर्माले उक्त समुहसँग सहमति गरेर गल्ति गरेकोसमेत बताउँदै सो गल्ति सच्चाउन आग्रहसमेत गर्नुभएको छ । ‘साथै गृह मन्त्रालयको यस प्रकारको सम्झौताले सरकारमा रहेको गठबन्धन दललाई समेत उत्तेजित गर्ने कार्य गरेको छ। तसर्थ नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्तीलाई सच्याएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिन गम्भीर ध्यानआकर्षण गर्दछु।’  उहाँले भन्नुभएको छ ।

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित हुनुभएको छ । शर्मा भने सो घटना हुँदा फोरमका महासचिव हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज