कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

ADVERTISEMENT

बैठकमा संसद्को अवरोध हटाउने, बजेटको प्रभावकारी कार्यान्वयनको सन्दर्भ, संसद्‍मा विचाराधीन विधेयक र नयाँ ल्याउनुपर्ने विधेयकलगायत विषयमा छलफल हुनेछ ।

यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका थिए । साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *