बाढीले बगाएर सर्लाहीमा एक जनाकाे मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गढिमाई नगरपालिकाबाट आज बिहान बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न आएका गढिमाई नगरपालिका–२ समनपुर निवासी ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

ADVERTISEMENT

सर्लाही र रौतहटको सीमा भए बग्ने बागमदी नदीको समनपुर घाटमा पक्की पुल भए पनि भिषण वर्षापछि पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ । रायलाई खेतको काम सकेर पुलसम्म पुग्न खोज्दा सर्लाहीतर्फ बरहथवा नगरपालिका–४, मा बागमती नदीको बाढीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उहाँलाई बाढीले बगाइरहेको देखेपछि हजरियाका स्थानीयले उद्धार गरी सिकिस्त अवस्थामा रौतहटको समनपुरस्थित एक क्लिनिकमा पु¥याए । त्यहाँ उपचार हुन नसकेपछि चन्द्रनिगाहपुर अस्पताल पु¥याउँदा रायलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?