काठमाडौं । पहिरो झरेपछि सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको छ ।
गोदावरी नगरपालिका-४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक खुलाउन समस्या भइरहेको छ । धनगढीबाट पहाडी सात जिल्लाका लागि छुटेका गाडी पनि त्यही रोकिएका छन् ।
सोमबार राति करिब ११ बजे उक्त सडकमा पहिरो खसेको थियो । त्यसपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।
हिजो राति देखी सयौँ यात्रुहरू अलपत्र परेका छन् । पहिरोका कारण सडकसमेत भासिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता