काठमाडौं । काठमाडौंको नागार्जुनस्थित ज्योति एकेडेमीले सोमबार आफ्नै विद्यालयका विद्यार्थीहरूबीच निम्नमाध्यामिक र माध्यामिक स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।
दुई चरणमा सम्पन्न सो प्रतियोगितामा जम्माजम्मी ५१ जना प्रतियोगीले भाग लिएका थिए । कक्षा ६ ,७, ८ तर्फको प्रतियोगितामा क्रमशः अक्षिजा खनाल, आयुश्मा पंगेनी र युगान्दिका खत्रीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरि स्वप्निल देवकोटा, स्थापना श्रेष्ठ र कृपा खड्का सान्त्वना भएका थिए ।
९ र १० कक्षा तर्फको प्रतियोगितामा क्रमशः आमिन थापा मगर , सुयशा खनाल र सिद्धार्थ लामिछानेले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए भने हृदयेश खनाल र साजन श्रेष्ठ सान्त्वना भएका थिए । प्रतियोगिताको निर्णायकको रूपमा कवि तथा गीतकार लोकराज अधिकारी र प्रकाश सुबेदी रहेका थिए।
एकेडेमीका प्राचार्य गोबिन्द पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निर्मला अधिकारीले र स्वागत मन्तव्य मना पंगेनीले गरेका थिए।
प्रतियोगिताका विजयीहरूलाई विद्यालयका प्राचार्यसहित निर्णायकद्वयले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । आयोजकका तर्फबाट निर्णायकहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा गीतकारद्वय लोकराज अधिकारी र प्रकाश सुवेदीले पनि आफ्ना केही रचना सुनाएर विद्यार्थीहरुलाई मनोरञ्जनका साथै हौसला प्रदान गरेका थिए। आफूले सुनिरहेका चर्चित गीतहरुका सर्जकहरुलाई प्रत्यक्ष देख्न पाउँदा विद्यार्थी र विद्यालय परिवार निकै खुसी देखिन्थे।
विद्यार्थीहरुलाई नियमित पठनपाठनको साथसाथै यस्ता खालका रचनात्मक क्रियाकलापमा समेत सहभागी गराउन ज्योति एकेडमी सदा उत्साहित रहेको कुरा कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य गोविन्द पंगेनीले बताए ।






