महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो, सवारी आवतजावत बन्द

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

महेन्द्रनगर । महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ। पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।

पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि  बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ। शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन्।

ADVERTISEMENT

आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज