वडाद्वारा सार्वजनिक सुनुवाई : सेवा प्रवाहदेखि विकास निर्माणको योजना

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ ले आर्थिक वर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडापालिकाले गरेका विकास निर्माण कामदेखी सेवा प्रवाह सम्बन्धी आम नागरिकको धारणा र वडालाई जनमुखी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम गरेको वडाध्यक्ष जंग बहादुर रोकायाले बताउनुभयो । वडापालिकाको कुल बजेट ४४ लाख विनियोजित गरिएको थियो उक्त बजेटको ९० दशमलव ८३ प्रतिशत खर्च भएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

वडापालिकाको आन्तरिक राजश्व १ लाख ८४ हजार ६०४ रुपैयाँ संकलन भएको छ । १६ वटा योजना निर्माण सम्पन्न भएकाछन् वडाध्यक्ष रोकायाले भन्नुभयो,“ यो आर्थिक वर्षमा वडामा जनताले राहत हुने गरिकाम समेत गरिएको छ । राहत तथा सेवा वितरणको लागि तीनवटै गाउँमा सदस्यहरुको संयोजकत्वामा समितिहरु गठन, वडालाई विशेष क्षेत्र घोषणा, वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिति गठन,एनसेल टावर निर्माणको लागि सम्झौता,बाल अधिकार समिति,बाल संजाल,बाल क्लव विपद् व्यवस्थापन समिति,शिक्षा समिति गठन,आ.व.२०७८।०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।”

ADVERTISEMENT

यो आर्थिक वर्षभरि ५५१ विभिन्न प्रकार सिफारिस र ४६ वटा पञ्जिकरण सिफारिस वडाले दिएको तिला गाउँपालिका वडा नं. ६ को वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज