काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा चलचित्र ‘अदृश्य’को प्रदर्शनमा आएको हो । केन्द्रीय जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको यो चलचित्र १६ वर्षमुनिका बालकालिकाले अनिवार्य रूपमा अभिभावकको साथमा मात्र हेर्न पाउने छन् ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रमोद अग्रहरि, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रवीन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, प्रिन्स प्रसिड सिंह थापा, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायत कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुनुहुन्छ । पहृलाद काफ्लेको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री चलचित्रका सहनिर्माता हुनुहुन्छ ।






