लुम्बिनी कांग्रेसले प्रशिक्षण दिदै, कार्यक्रमलाई डा. शेखर कोइरालाले सम्बोधन गर्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रमआयोजना गर्ने भएको छ । दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताउनु भयो । नवलपरासी (पश्चिम ) माआयोजना गरिने प्रशिक्षणलाई बरिष्ठ नेता डा. शेखर कोइरालालगायतका शिर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

ADVERTISEMENT

समयअनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताउनु भयो । प्रशिक्षण पश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनले बताउनु भयो । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज