खानेपानी योजनाको विद्युत ट्रान्सर्फमर चोरी

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको खानेपानी योजनाको विद्युत ट्रान्सर्फमर चोरी भएको छ ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका-२ स्थित खानेपानी योजनाका लागी जडान गरिएको विद्युत ट्रान्सफर्मर गएराती चोरी भएको वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले बताउनु भयो ।

ट्रान्सफर्मर खोलेर भित्र रहेका तामाको धातु चोरी गरि लगेको उहाँले बताउनुभयाे । अध्यक्ष चौधरीका अनुसार ट्रान्सफर्मर चोरी भएको स्थानीयले खबर गरेपछि प्रहरीलाई बोलाएर अनुसन्धान अगाडि बढाइएको छ ।

ADVERTISEMENT

ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरीको प्रकृति हेर्दा विद्युत सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनुपर्छ । इलाका प्रहरी कार्यालय महुलीका नायब निरीक्षक सुमन महात्मान गिरीका अनुसार ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको देखिएकाे छ । शंकास्पद व्यक्तिहरूलाई घेराभित्र राखेर अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयाे ।

उक्त ट्रान्सफर्मर जडान गर्न ५ लाखभन्दा बढी बजेट खर्च भएको अग्नीसाईर खानेपानी योजनाले जनाएको छ । विगत केही वर्ष पहिले सप्तरीको कञ्चनपमा पनि यसै गरी विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज