खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेलबजारमा इकोन र कण्डमको बिक्री बढेको पाईएको छ । २१ असारमा माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजापछि ग्रेड सुधार गर्नुपर्ने विधार्थीहरु दिक्तेलबजार आएपछि अस्थाई साधनको विक्री बढेको हो ।
दिक्तेलबजारमा रहेका फार्मेसीहरुसँग कुराकानी गर्दा अन्य समयमा भन्दा यतिबेला पुरुषहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन कण्डम र असुरक्षित यौन सम्कर्पपछि महिलाहरुले प्रयोग गर्ने आकस्मिक गर्भनिरोध चक्की इकोनको विक्री बढेको फार्मेसीले जनाएको छ ।
पारिवारिक व्यक्तिहरुले अस्थाई साधन लाने गरेकोमा असार अन्तिमपछि अन्य समयमा भन्दा ५ प्रतिशत बढीले इकोन र कण्डमको विक्री हुने गरेको छ । त्यस्ता साधनहरु लिन/किन्न आउनेमा अधिकांश किशोरावस्थाका (१३ वर्षभन्दा माथि १९ वर्षभन्दा तल) व्यक्तिहरु छन् । न्युन मात्रामा किशोरीहरु पनि इकोन लिन/किन्न आउने गरेको पाईएको श्रोत बताउँछ ।
समाचार श्रोतका अनुसार आजभोली दिनमा सरदर दर्जनबढी कण्डम र इकोन विक्री हुंदै आएको छ । ति साधनहरु किन्न/लिनलाई किशोरकिशोरीहरु बिहानै र साँझमा आउने गरेका छन् ।
एसईईको ग्रेड सुधार परीक्षा दिक्तेलमा हुने भएपछि यतिबेला दिक्तेलबजारमा विधार्थीको राम्रै चहलपहल बढेको छ । समाचार श्रोतका अनुसार करीव १ हजार ५०० जना विधार्थीले एसईईको ग्रेड सुधार परीक्षा दिंदैछ । ग्रेड सुधार परीक्षा साउन २६ र २७ गते हुँदैछ ।
एकजना अभिभावकका अनुसार ‘आफूले कम नम्बर ल्याएर ग्रेड सुधार गर्न आएको छु, मेहेनत गर्नुपर्छ’ भन्ने नै भुलेर किशोरकिशोरीहरु नजानिदो तवरले कुलतमा फसिरहेका छन् । अहिले प्रायः होटलहरु छिर्दा परीक्षार्थी किशोरकिशोरीहरु सँगै बसेर मध्यपान, धुम्रपान गरिरहेका भेटिन्छन् । ति अभिभावक थप्छन्, ‘दिक्तेलबजारको पूरानो वेसक्याम पछाडी जैपुरीडाँडामा त साँझपख नै नशालु पदार्थ सेवन गरिरहेका युवायुवतीहरु छ्यापछ्याप्ती भेटिन्छन् ।’
ग्रेड सुधार गर्न आएका परीक्षार्थीहरु मेहेनतमा भन्दा साथीभाईको लहैलहैमा लागेको र फेसाइन डिजाइन गर्न आएजस्तो गरेको पाईएको नाम नबताउने शर्तमा अर्का अभिभावक बताउँछन् । आफ्ना छोराछोरीहरु कसरी पढिरहेका छन्, के गरिरहेका छन् भन्नेतर्फ अभिभावक चनाखो नभए किशोरकिशोरीहरु नराम्रो बाटोमा नजाला भन्न सकिन्न यसतर्फ बेलैमा सचते हुन आवश्यक छ । ति अभिभावक भन्छन् ।






