‘रावायण’ मा नीति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘रावायण’ मा नीति शाह अनुबन्धन हुनुभएको छ । निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन रहने यो चलचित्रमा नीतिले अब अनमोलसँग स्क्रिन शेयर गर्नुहुनेछ । एक्सन-लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रमा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदै हुनुहुन्छ ।

शिवं अधिकारीको लेखन रहेको चलचित्र आगामी भदौदेखि छायांकन सुरु गर्ने निर्माण टिमले जनाएको छ । नीतिले यसै चलचित्रबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लाग्नुभएको हो । यसअघि उहाँ केही चलचित्रमा जोडिए पनि फिल्म समयमा सुरु भएका थिएनन् । चलचित्रको प्राविधिक पक्ष र अन्य कलाकारको पत्रकार भेटघाटमार्फत जानकारी गराउने निर्माण युनिटले जनाएको छ ।

ADVERTISEMENT

नीति शाहले सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जित्नुभएको थियो । उहाँ व्यावसायिक र्‍याम्प मोडलसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *