भत्कियो कोल्ड स्टोर, एक करोड २७ लाखको क्षति

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा निर्माण भएको कोल्ड स्टोर भत्किएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख ४ हजार १ सय २ रूपैयाँ र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार ८ सय ९ रूपैयाँ गरी एक करोड २७ लाख रूपैयाँ खर्च गरेर १०० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको थियो । करोडौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको कोल्डस्टोर प्रयोगमा नआउँदै भत्किएको लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले बताउनुभयो ।

ADVERTISEMENT

‘कोल्डस्टोर निर्माण भएको वर्ष बर्खाको समयमा पानी पर्दा हल्का क्षति पुगेको थियो । त्यसलाई मर्मत गरेका थियौँ’, सहकारी संस्थाका कोषाध्यक्ष वलीले भन्नुभयो, ‘तर गत वर्षको असोज–कार्तिकमा आएको ठुलो बर्सात्का कारण पहिरो खस्दा कोल्डस्टोर कामै नलाग्ने गरी भत्किएको छ ।’ भत्किएको कोल्डस्टोर मर्मतका लागि बजेट माग गरे पनि गाउँपालिकाले नदिएको उहाँले वताउनुभयो । ‘बर्सात्का कारण पहिरोले कोल्डस्टोरमा असर गरेपछि सहकारीले मर्मत गर्न सक्ने अवस्था छैन ।

बंगलाचुलीमा उत्पादन हुने सुन्तला, अदुवा, कागतीलगायत तरकारी राख्न कोल्डस्टोर निर्माण गरिएको सहकारी सस्थाका कोषाध्यक्ष वली बताउँछन् । ‘बंगलाचुलीको साकिने र कुरुलेमा सन्तुला खेती हुने गरेको छ, त्यहाँ उत्पादन भएको सुन्तलासँगै अदुवा, कागतीलगायत तरकारी राख्ने गरी कोल्डस्टोर निर्माण गरेका हौँ’, उनले भने, ‘तर करोडौँ रूपैयाँ खर्च गरेर निर्माण भएको कोल्डस्टोर प्रयोगमा नआउँदै भत्किन पुगेको छ ।’
बंगलाचुली गाउँपालिका वडा नं. ५ का निवर्तमान अध्यक्ष तथा स्थानीय यनुराज खत्रीले कोल्डस्टोर सही प्रयोजनका लागि निर्माण भए पनि निर्माण गर्दा उपयुक्त ठाउँ छनोट नहुँदा बर्सात्को समयमा पहिरोका कारण भत्किन पुगेको बताउनुभयो । ‘बंगलाचुली पहाडी गाउँपालिका हो, यहाँ सुन्तला, अदुवालगायतका विभिन्न फलफूल खेती हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘किसानलाई फलफूल खेतीप्रति आकर्षित गर्दै उनीहरूले उत्पादन गरेका फलफूल बिक्री नगर्दासम्म कोल्डस्टोरमा राख्ने गरी निर्माण गरिएको हो तर पहिरोले क्षति गरिदिएको छ ।’ रिभान तरकारी तथा कागती खेतीका लागि राम्रो सम्भना भएको ठाउँ भएकाले २०७६ सालमा तरकारी खेती र कागतीका लागि स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको थियो । कार्यक्रमअन्तर्गत किसानलाई तरकारी खेतीप्रति आकर्षित गराउन कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रिकीरणका लागि ठुलो पैसा समेत खर्च गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज