युवा संघ भोजपुर नगरले टक्सारमा बृक्षारोपण र सरसफाई अभियान गर्दै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर। भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारमा राष्ट्रिय युवा संघ नेपाल भोजपुर नगर कमिटिले बृक्षारोपण गर्ने भएको छ ।

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सघं नेपाल केन्द्रिय कमिटिको निर्देशन अनुसार टक्सारको तीनधारा सामुदायिक वनमा बृक्षरोपण सहित प्रसिद्ध मठमन्दिरहरु र तीनधाराको सरसफाई गरिने युवा संघ भोजपुर नगर कमिटिले जनाएको छ ।

युवा संघ नगर कमिटि भोजपुरको आयोजना तथा डिभिजन बन कार्यालय भोजपुर र तीनधारा सामुदायिक बन उपभोक्ता समितिको समन्वयमा बृक्षरोपण तथा सरसफाई अभियान हुन लागेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटि सदस्य बिमल रणपहेलीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

केन्द्रिय सदस्य रणपहेलीले ‘मिशन अर्को चुनाव, नयाँ पुस्ताको लक्ष्य’ भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको चार महिने अभियान अन्तर्गत भोजपुरमा पनि बृक्षरोपण तथा सरसफाई हुन लागेको बताउनु भयो । नगर कमिटिले शनिवार बृक्षरोपण र सरसफाई गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज