डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाए पछि डडेल्धुराका स्थानीय हर्षित भएका छन ।
वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका महिला तथा पुरुष बिरामीहरु जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा पुगेर निःशुल्क औषधि तथा औषधियुक्त वाफ लगाउने पद्धतिको पञ्चकर्म र सर्बाङ्ग स्नेस्वेदन (सेक्ने) उपचार पाए पछि आराम पाउनुका साथै खुशी पनि भएका हुन ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहित सेक्ने उपचार सेवा त पाएका छन तर दैनिक १० औं जना महिला तथा पुरुषको उपचार चाप केन्द्रलाई थेग्न नसकिने अवस्थामा पुगेको छ ।
दैनिक ३०/३५ जना बिरामी आउने आयुर्बेद अस्पतालबाट सुत्केरी आमालाई दुग्ध बृद्धि गर्ने सताबरी बितरण (स्तनपाई) कार्यक्रम, जेष्ठ नागरिकलाई स्वस्थ जीवन कार्यक्रम अन्र्तगत शिलाजित र भिटामिन तथा पौष्टिकजन्य रसायन बाजीकरण औषधि बितरण जस्ता सेवाले आयुर्बेदिक औषधि तथा उपचार प्रति सर्बसाधारणको आकर्षण बढदै गईरहेको अस्पतालका आयुर्बेद चिकित्सक सत्यराज जोशीले जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति डडेल्धुराको परिसर भित्रै रहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा संघिय तथा प्रदेश सरकारबाट अल्ट्रासाउण्ड, डिजिटल ल्याब तथा शारिरिक अभ्यास (जिम) गर्ने जस्ता सेवाहरु पनि संचालन गर्न आवश्यक तयारी भईरहेको भए पनि अस्पताल पुग्ने बाटोको असहजतासँगै भौतिक पूर्बाधार तथा गुणस्तरिय औषधिको समय समयमा अभाव हुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको निमित्त कार्यालय प्रमुख निशान्त शर्माले बताउनु भयो ।
केन्द्रमा जिल्लाका बिभिन्न स्थानबाट आउने बिरामी मध्ये ७० प्रतिशत सेवाग्राही महिला तथ्यांक रहेको कार्यालयले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts