काठमाडौं । यही शुक्रबार अर्थात् साउन १९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अदृश्य’टिमले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रका बारेमा जानकारी गराएको छ । कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरि, रवि गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा र प्रिन्स प्रसिड सिंहको उपस्थिति थियो ।
सिनेमाका निर्माता तथा निर्देशक काफ्लेले ‘अदृश्य’ एउटा उत्कृष्ट चलचित्र बनेको दाबी गर्नुभयो । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेब्यू निर्देशकीय राम्रो बनाउन सकेको उहाँको जिकिर थियो ।
अभिनेता प्रमोद अग्रहरिले कोरोना महामारीबीच छायांकन गरिएको चलचित्रको सार्वजनिक पोष्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । अग्रहरिले चलचित्र ‘अदृश्य’को आफ्नो लुक्सले दर्शक लोभ्याउने जिकिर पनि गर्नुभयो । आफ्नो यस चलचित्रमा अहिलेसम्मकै भिन्न लुक्स भएको उहाँको दाबी थियोे ‘नेपालमा सस्पेन्स थ्रिलर फिल्म कम बन्छ’, उहाँले भन्नुभयो ‘त्यो हिसाबले यो चलचित्र चल्छ ।’
चलचित्रका अर्का मुख्य कलाकार प्रवीन खतिवडाले पनि चलचित्र राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताउनुभयो । चलचित्रकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले यो चलचित्र हेर्न सिनेमाघरमा राम्रो संख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रवीन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति प्रिन्स प्रसिड सिंह थापा, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेललगायत कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुनुहुन्छ ।
चलचित्रमा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री चलचित्रका सहनिर्माता हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts