चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ ।
पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।






