काठमाडौं । यस पटकको मानव पुस्तकका रूपमा पूर्वप्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल तथा लेखक तथा शिक्षा अनुसन्दाता डा.गोविन्द आचार्य रहनुभयो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारामा पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा भएको कार्यक्रममा मुक्तिनाथ दर्शन साहित्यि समाज नेपालका अध्यक्ष हरिभक्त सिग्देल महेशले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
प्रा.पुरुषोत्तम दाहाल, प्रा.प्रयागराज भट्टराई, वाशिष्ठ, निर्मलरमण पराजुली, दुर्गा अधिकारी भमरकोटे, दुर्गा तिवारी, डा.परशुराम पौडेल, कृष्णप्रसाद बस्याल, विजयध्वज थापा, रामचन्द्र दाहाल, माधवलाल श्रेष्ठ, मञ्जुश्री प्रधान, सागर भट्ट, रुद्र अधिकारी, डा.अर्जुनदेव भट्ट, सुशीलजंग राणा, विनोद दाहाल वत्स, विष्णुबहादुर सिंह, डा.केशवकुमार श्रेष्ठ, रामचन्द्र खनाल, वासुदेव गुरागाईं, माधव बिडारीलगायत साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रम सुचिता काफ्लेले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा युवराज मैनालीले स्वागत मन्तव्य दिनुभएको थियो । विशिष्ठ अतिथि खरेलले आफ्ना खेलकुद, लेखन तथा प्रहरी प्रशासनमा रहेर काम गर्दाका विविध अनुभव सुनाउनुभएको थियो भने अर्का मानव पुस्तक डा.आचार्यले पनि आफूले शिक्ष्ना क्षेत्रमा रहेर लेखन तथा प्राध्यापन गर्दाका अनुभव सुनाउनुभएको थियो ।
प्रा.पुरुषोत्तम दाहाल तथा पूर्वसचिव जयमुकुन्द खनालले कार्यक्रममा शुभकाना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमा रुद्र अधिकारी, दुर्गा अधिकारी भमरकोटे, सुभावचन्द्र पौडेल, निर्मलरमण पराजुली, रामचन्द्र खनाल, महेशप्रसाद रिजाल, सुरेश वैद्य, विजयध्वज थापा, ध्रुवप्रसाद गजुरेल, सागर भट्ट, माधव बिडारी, एमपी पाण्डे, जगन्नाथ भट्टराई, ढुण्डिराज पोखरेल, मञ्जुश्री प्रधान, सुन्दर खड्का, राजेन्द्रकुमार बर्तौला, दुर्गा तिवारी, निरा निरौला, श्रीराम क्षेत्री र रोमा लम्सालले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts