जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले पालिका भित्र मदिरा नियन्त्रण गर्ने भएको छ ।
मदिरा सेवन र विक्रीवितरण गर्नका लागि अनिवार्य इजाजत कार्ड लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकामा मदिरा नियन्त्रण गर्नका लागि कार्यविधि समेत बनाएका छ। भदौँ १ गतेदेखि लागु हुने गरी गाउँसभाबाट मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास गरेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो ।
'यो कार्यविधि भदौँ १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने भएकोले अहिले साउन महिना भरी व्यापाक प्रचारप्रसारमा जुटेका छौँ ।' अध्यक्ष ढाले भन्नुभयो, “मदिरा सेवन तथा विक्रीवितरणले गाउँ समाजमा शान्ति सुरक्षा खलल गर्नुका साथै चुनौति थपिएकोले गाउँपालिकाबाट कानुन नै बनाएर नियन्त्रण गर्नु छ ।”
मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अतिथि मदिरा सेवन कार्ड, विक्रीवितरण, ओसारपसार गर्न नयाँ इजाजतपत्र लिनु पर्ने र पहिले नै अन्तःशुल्क कार्यालयबाट अनुमति लिएका विक्रीकर्ताले पुन पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादन गर्ने विक्रीवितरण तथा ओसारपसार गर्ने व्यक्ति, व्यापारीले साउन महिनाभित्र इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता अर्जुन महताराले जानकारी दिनुभयो ।
मदिरा विक्रीवितरण गर्न इजाजत पत्र लिएको व्यक्ति तथा व्यापारीले सार्वजनिक स्थल विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, सरकारी तथा गैर सरकारी कार्यालय भन्दा पाँच सय मिटर टाढाको दुरीमा राख्न पाइने कार्यविधिमा उल्लेख गरिएको छ ।
मदिरा पसल अन्य खाद्यजन्य सामग्रीदेखि अलग्गै राख्नु पर्ने छ । मदिरा विक्रीवित्ररण गर्न इजाजतपत्र लिएका विक्रीकर्ताले अभिलेख चुस्तदुरुस्त राख्नु पर्ने नियम बनाएको गुठीचौर गाउँपालिकाले जनाएको छ । सार्वजनिक पदधारण गरेका व्यक्ति, सरकारी कर्मचारीले मदिरा सेवन गरी सामाजिक रुपमा होहल्ला, गाली बेइजती जस्ता क्रियाकलाप गरेमा अन्य व्यक्तिलाई गरिने सजायको दोब्बर सजाय गर्नका लागि विभागिय कारवाहीको लागि पनि सिफारिस गरिने कार्यविधि बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गमबहादुर रोकायाले बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts