गोठालो भत्ता पाउँदा कर्णालीका भेडापालक किसान खुसी

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । माथिल्लो कर्णालीका जुम्ला लगायत चार जिल्लाका भेडापालक किसानले गोठालो भत्ता पाएपछि किसानमा खुसी छाएको छ । कर्णाली प्रदेश सरकारले यहाँका चारसय ४० पशुपालक कृषकलाई ६८ लाख ७३ हजार गोठालो भत्ता वितरण गरेको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/'०८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई गोठालो भत्ता उपलब्ध गरेको हो ।

मन्त्रालय अन्तरर्गत पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार गोठालो भत्ता कार्यक्रम मार्फत माथिल्लो कर्णालीका डोल्पा, हुम्ला, मुगु र जुम्लामा उक्त कार्यक्रम लागु भएको थियो ।

उहाँले भन्नुभयो,“प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानहरुलाई प्रति महिना एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रकम उपब्लध गराएको छ । ५० भन्दा माथि भेडा च्याङ्ग्रा पालेका कृषकहरुलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले गोठालो भत्ता दिएको हो ।

कार्यक्रम यो आर्थिक वर्षमा समेत निरन्तर रहेको बताउँदै निर्देशक पंगेनीले अहिले केही जिल्लामा नाम परिवर्तन गरी ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका समानहरु पनि उलब्ध गराउने सुविधा थपिएको छ ।” निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई रु.३३ लाख वितरण गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, हुम्लाका एक सय नौ कृषकलाई रु.१५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई रु.दश लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई रु नौ लाख ५४ हजार रकम प्रदान गरेको छ ।

प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज